उपत्यकामा एकै दिन तीन हजार भन्दा बढी सवारी चालकमाथि कारबाही

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, ११ : ५२
उपत्यकामा एकै दिन तीन हजार भन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन तीन हजार १८७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जनालाई कारबाही गरिएको छ । त्यस्तै लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्बर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् । 

यस्तै, दुई हजार ५९५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस