उच्च सरकारी कार्यालयहरु गफ गर्ने ठाउँं बन्यो : पूर्व गर्भनर नेपाल

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, २० : ०५
उच्च सरकारी कार्यालयहरु गफ गर्ने ठाउँं बन्यो : पूर्व गर्भनर नेपाल

काठमाडौं । नेपाल राष्ट बैंकका पूर्व गर्भनर डा चिरञ्जीवी नेपालले उच्च सरकारी कार्यालयहरु गफ गर्ने ठाउँं बनिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ती ठाउँहरु काम गर्ने भन्दा पनि गफ लडाउने ठाउँं भएको भन्दै कुरा होइन, काम गर्नुपर्नमा विशेष जोड दिए । 

प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल इन्जिनियरिग कलेज एकाई समिति भक्तपुरले नेपालको वर्तमान अर्थव्यवस्था ः चुनौती र व्यवस्पथापन विषयमा मंगलबार गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व गभर्नर डा नेपालले नामै किटेर राष्टिय योजना आयोज जस्ता ठूल्ठूला राष्ट निर्माता कार्यालयहरु नै गफ गर्ने थलो बनेको आरोप लगाए । डा नेपालले सतामा नभएपछि सताबाट बाहिरिएका नेताहरुले जस्तोपायो त्यस्तो बोल्ने गरेको भन्दै चित दुःखाए । सताबाट बाहिर गएका नेताहरुले अहिले नेपालको आर्थिक अवस्था श्रीलंकाजस्तो हुन लागेको भनी हचुवा बोल्ने गरेको उनको भनाई थियो । 

उनले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन खोजेको भन्ने कुरा तथ्यहिन भएको पनि बताए । नेपालमा श्रीलंकामा जस्तो आर्थिक समस्या आउँंला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नभएको उनले बताए । नेपालमा अझै ६ महिनालाई पुग्ने डलर संचिती रहेको तथ्यांक रहेको बताए । डा नेपालले नयाँं नेपालका लागि नयाँं पुस्ता राजनीतिमा आउनुपर्नेमा विशेष जोड दिए । असल मानिस राजनीतिमा आए देश उभो लाग्ने उनको धारणा थियो । उनले गलत मानिव शक्तिमा रहेका कारण समस्या भएको पनि बताए । 

कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, आयोजक इकाईका अध्यक्ष एवं कलेजका पूर्व सहकायक प्रिन्सिपल दीपक धामीलगायतले अर्थशाश्त्री र प्राविधिकका समिश्रणबाट मुलकले उन्नतिको बाटो लिनसक्ने बताए । कार्यक्रममा कलेजका झण्डै एक सय जना एसोसिएट प्रोफेसरहरु सहभागी थिए । कार्यक्रम समापनको क्रममा कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठले विशेष अतिथि डा नेपाललाई मायाको चिनो वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस