हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १५ : ५६
हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल प्रहरीले फेला पारी मंगलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । 

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र ९ वटा स्कुटरको चाबी सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । उपत्यका र आसपासको इलाकाबाट ति मोटरसाइकल र स्कुटर फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा ४१९ वटा, २०७८/७९ मा ५०६ र चालु आवको साउन महिना भरिमा ६८ ओटा दुई पांग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाएको जानकारी दिएको छ । प्रहरीले चालु वर्ष सवारीसाधन चोरीमा संलग्न ९९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयहरूमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस