भक्तपुरमा ५ वर्षीया बालिकाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १५ : २४
भक्तपुरमा ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं ।  घरको कम्पाउण्डमा लगाइएको फलामे गेट पल्टिँदा भक्तपुरमा ५ वर्षीया बालिकाको मृत्यु भएको छ।मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली रमाइलो चोकस्थित तिलक प्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट पल्टिएर किच्दा ५ वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो। 

प्रहरीका अनुसार श्रीसिजाका बाबु (नुवाकोटको बिदुर नगरपालिका-८ घर भक्तपुरको बोडे बस्ने) गौतम अर्याल तिलक प्रसादको घरमा पाहुना आएका थिए। घरमा खेल्ने क्रममा अचानक गेट ढलेर श्रीसिजालाई किचेको थियो। गेटको ढोकाले किच्दा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको  हो।  

प्रतिक्रिया दिनुहोस