उदयपुरमा टिपर दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १४ : ०९
उदयपुरमा टिपर दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । 

घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । 

चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस