पिसिएल नर्समा भर्ना खुल्यो

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १३ : २५
पिसिएल नर्समा भर्ना खुल्यो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ। सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार २४० सिट छुट्याइएको छ। तीमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन्।

यस्तै पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ। पूर्ण शुल्कमा भर्ना भएकाले खाना र होस्टलबाहेक अध्ययनका लागि उक्त शुल्क तिर्नुपर्ने हुन्छ। तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शुल्क पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३० प्रतिशत गरेर तिर्न सकिने सिटिइभिटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस