एनआईसी एसिया बैंकको सर्वाधिक व्याजदरको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा

सोमबार, २८ जेठ २०७५, ११ : २८
एनआईसी एसिया बैंकको सर्वाधिक व्याजदरको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याजभुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशतव्याज प्रदान गरिनेछ ।

यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहक लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजना प्रतिग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै ल्याएको पछि ल्याएको यो योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत लाभ  हुने बिश्वास लिएको बैंकले जनाएको छ । योजनाअन्तर्गत देशभर रहेकाएनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिनेछ । साथै एक बर्षको अवधिकोलागीखोल्न सकिने यस मुद्दति योजनामाजम्मागरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउन सकिनेछ ।

हालसम्ममा २१८ शाखा सहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहितमुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भएको बैंकको दाबी छ ।  बैंकसँग समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५ हजार ५ सय भन्दा बढी रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५ हजार ९ सय ५१ भन्दा बढी भौतिक सञ्जालमार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस