भरतपुर महानगरपालिका वडा नं ९ को दोस्रो वडा भेला सम्पन्न

शनिबार, २६ जेठ २०७५, १९ : १०
भरतपुर महानगरपालिका वडा नं ९ को दोस्रो वडा भेला सम्पन्न

चितवन ।  भरतपुर महानगरपालिका वडा नं ९ को दोस्रो वडा भेला सम्पन्न भएको छ । महानगरमा आगामी आर्थिक वर्ष २०७५/२०७६ मा सञ्चालन हुने योजनाहरू छनौटका लागि आयोजित भेलामा  बोल्ने वक्ताहरूले   वडाले बिगतमा सम्पादन गरेका कार्यहरूबारे समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गर्नु पर्ने योजनाहरूबारे प्रकाश पारिएको थियो । वडा अध्यक्ष यमलाल कंडेलको अध्यक्षता एवम् महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

वडा भेलामा पूर्व वडा अध्यक्ष खेमराज पौडेल, नेकपाका बिजय बि क , नेपाली कांग्रेसका कृष्णप्रसाद सोती, वडाका सल्लाहकारहरू लीलाबल्लभ भुषाल, ठाकुरप्रसाद पौडेल, शिवशंकर उप्रेती, समाजसेवीहरू शन्तलाल गुरुङ, डिल्लीप्रसाद सापकोटा, शेर बहादुर मगर, वडा सदस्य रत्न कुमारी अधिकारी, टोल अध्यक्षहरू रामचन्द्र लामिछाने, बाबुराम पोखरेल, महिला प्रतिनिधिहरू बसुन्धरा बगाले, पार्वती पौडेल, निता वाग्ले, निशा न्यौपाने, वडास्तरीय बाल क्लबका अध्यक्ष प्रतिष्ठा कंडेल, शरदपुर मा वि का अध्यक्ष गणेश पौडेल, त्रिपुरेश्वर बचतका अध्यक्ष विनोद सापकोटा , वडा सचिव बालकृष्ण थपलियालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वडा भेलामा  आएका राय सुझावहरूलाई मनन गर्दै  आगामी कार्यक्रम तय गरिने वडा अध्यक्ष यमलाल कडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस