चितवन । भरतपुर महानगरका प्रमुख रेनु दाहालले गुरुयोजना बनाएर अगाडी नबढे महानगर अवस्था काठमाण्डौँकै जस्तो हुने बताउनुभएको छ ।
योगी नरहरिनाथ आश्रम धार्मिक वन व्यवस्थापन समिति , वागेश्वरी देवघाटले आयोजना गरेको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्नु हुदै यस्तो कुरा बताउनु भएको हो ।
गुरुयोजना बिना विकास निर्माणका कार्यहरु अगाडी बढाए काठमाण्डौँ जस्तै कुरुप हुन सक्ने दाहालको भनाई थियो । महानगरको विकास त्यही ढङगबाट अगाडी बढाउछौ ,उहाँले भन्नुभयो ,“त्यसैले आगामी ४ बर्ष भित्र एउटा मास्टर प्लान बनाएर अगाडी बढनुपर्दछ ।”
भरतपुर महानगरपालिकालाई मुखले देशकै नमूना भनिरहेका छौ । तर त्यो व्यवहारमा नभएको दाहालले टिप्पणी गर्नुभयो । तर सडक ,बिजुली जस्ता कार्यहरु निरन्तरताका काम हुन् उहाँले भन्नुभयो , यी हिजो पनि भईरहेका थिए ,तर हिजो सुस्त थियो भने अहिले क्रम बढेको छ ।
समितिलाई आगामी गर्नुपर्ने विकास निमार्णको कार्यमा गुरुयोजना बनाएर अगाडी बढन मेयर दाहालले सुझाव दिनुभयो । गत बर्ष समितिलाई गुरुयोजनाको लागि भरतपुर महानगरपालिकाबाट १० लाख प्रदान गरिएको थियो । धार्मिक वन व्यवस्थापन समितिलाई आवश्यकीय सहयोग निरन्तर गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
समितिले योजना तर्जुृमा गोष्ठीमा व्यवस्थापन संचालन र आर्थिक स्रोत व्यवस्थापन ,धार्मिक वनको व्यवस्थापन ,पार्क निर्माण ,रुख कटानको सुरक्षा , प्राकृति चिकित्सालय संचालन , धार्मिक पर्यटन ,वातावरणमैत्री संचालन संरचनाको व्यवस्थापन जीर्णद्धार र प्रयोग गर्ने बारेमा छलफल गरेको छ । कार्यक्रम धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस