आन्दोलनरत नायब सुब्बाहरुले आज एक घण्टा पेन डाउन गर्ने

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, ०९ : ४६
आन्दोलनरत नायब सुब्बाहरुले आज एक घण्टा पेन डाउन गर्ने

काठमाडौँ । तलब फरक भएको भन्दै विरोध गर्दै आइरहेका देशभरका नायब सुब्बा (नासु) ले आज एक घण्टा पेन डाउन गर्ने भएका छन्। बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म देशभरका सबै सरकारी कार्यालयका नासुहरूले एक घण्टा पेन डाउन गर्ने भएका हुन्।

‍नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावललेले उक्त एक घण्टाको क्षतिपूर्तिस्वरूप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा नासुहरूले काम गर्नेछन् ।

उनीहरूले हिजो बिदामा बसी सरकारको विरोध गरेका थिए।यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ।

नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि धर्ना थालेका थिए। नेपाल निजामती कर्मचारी संगठनले यसअघि विज्ञप्ति जारी गरी मन्त्रालयको नयाँ तलबमानमा असन्तुष्टि पोखेको थियो।

प्रतिक्रिया दिनुहोस