४० वर्षीया महिलालाई करणी गरेको अभियोगमा किशोर पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १३ : १३
४० वर्षीया महिलालाई करणी गरेको अभियोगमा किशोर पक्राउ

गुल्मी । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस