ने क पाका सदस्यले यस्तो फारम भर्नुपर्ने (फारमसहित)

शुक्रबार, २५ जेठ २०७५, ०८ : ५५
ने क पाका सदस्यले यस्तो फारम भर्नुपर्ने (फारमसहित)

नेपाल कम्युनिष्ट पार्टीका सदस्यले व्यक्तिगत विवरण भरेर बुझाउनु पर्ने भएको छ । नेकपाको केन्द्रीय कार्यालयले फोटोसहितको व्यक्तिगत विवरणको फारम बनाएको छ । नागरिकता अनुसारको विवरण सहित पारिवारिक, राजनीतिक जीवनमा संलग्न भएको विवरण केन्द्रीय कार्यालयलाई बुझाउनु पर्ने छ । सदस्यता लिदा ईमेल ठेगानासमेत दिनुपर्ने छ ।

साथै फारममा उल्लेख विवरण अनुसार वैवाहिक स्थिति संगै सन्तती विवरण पनि पेश गर्नु पर्ने छ । शैक्षिक योग्यता, पेशा र अनुभवसँगै भाषा ज्ञानको विवरण पनि बुझाउनु पर्ने छ । तत्कालीन पार्टीको नामसहित सदस्य बनेको मितिको विवरण दिनु पर्नेछ ।

तत्कालीन पार्टीहरुमा रहदा राजकीय जिम्मेवारी लिएको भए त्यसको विवरण साथै विदेश भ्रमण गरेको भए त्यो पनि जानकारी गराउनु पर्ने भएको छ ।

नेकपाको सदस्य लिने व्यक्तिले कुनै कृति प्रकाशन गरेको भए त्यो सहितको विवरण पेश गर्नुपर्ने भएको छ ।  तत्कालीन एमाले र माओवादीवीच जेठ ३ गते पार्टी एकता भएको थियो । नयाँ एकीकृत पार्टीले नयाँ सदस्यता फारम बनाएको हो । दुवै पार्टीका पुराना सदस्यले यो फारम भर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस