सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । आइतबार साँझ सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मन बहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकोमा केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी