काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पॉच पुस्तकको संक्षिप्त सूचि घोषणा भएको छ । प्रतिष्ठानले पुरस्कारका लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो ।
सोही समितिले नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको सङ्ग्राहलय अन्तिम ५ मा छनोट गरेको हो ।
विक्रम संवत २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट निर्धारित मापदण्डबमोजिम् मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्रवटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरिएको थियो ।
उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची उपलब्ध गराएको हो । तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमको उपन्यास ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार