काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले साउन ७ गते (शनिबार) लिएको विशेष परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी पास भएका छन्।
विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा (विशेष परीक्षा)मा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।काउन्सिलका अनुसार विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी थिए।
यसअघि पनि माघ २१ र २२ गते काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १२ : ५६
लेखकबाट थप