अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका–१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।
खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १२ : ३१
लेखकबाट थप