एन आई सी एशिया बैंकद्वारा “एक कर्मचारी, एक फलफुल विरुवा” नाराका साथ वृक्षारोपण कार्यक्रम

मंगलबार, २२ जेठ २०७५, १९ : २२
एन आई सी एशिया बैंकद्वारा “एक कर्मचारी, एक फलफुल विरुवा” नाराका साथ वृक्षारोपण कार्यक्रम

चितवन । एन आई सी एशिया बंैक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका साथ एवं आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बंैकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने बंैकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६४ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११४ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस