प्रधानसेनापति क्षेत्री ६ दिने भ्रमणमा भारत जाने

मंगलबार, २२ जेठ २०७५, १९ : १३
प्रधानसेनापति क्षेत्री ६ दिने भ्रमणमा भारत जाने

काठमाडौं ।  प्रधानसेनापति राजेन्द्र क्षत्री भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा बुधबार छ दिने भ्रमणको सिलसिलामा भारत प्रस्थान गर्ने भएका छन् ।
भ्रमणको क्रममा उनले देहरादुनस्थित भारतीय सेनाको  ‘इन्डियन मिलिटरी एकेडेमी’मा सञ्चालित अधिकृत आधार तालिमको जेष्ठ २६ गते हुने आयुक्त पद प्रदान कवाजको आतिथ्यता ग्रहण गर्नेछन् ।

क्षत्रीको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
भ्रमणको अवधिभर बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्षत्री जेष्ठ २८ गते स्वदेश फिर्ता हुने  पनि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस