काठमाडौं। काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका थिए ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । रुपा गाउँपालिका–६ रुपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा कारभित्र एकजना मृत फेला
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला