काठमाडाैँ । अभिनेत्री पूजा शर्माको स्टारडममा प्रश्न उठिरहेको छ । उनले लिने पारिश्रमिकको व्यावसायिक सुनिश्चितता उनले गरेकी छिन् त ? यहि प्रश्नकै बीच पूजाले व्यावसायिक धर्म समेत निर्वाह नगरेको आरोप लागेको छ ।
फिल्म ‘सम्झना बिर्सना’ को निर्देशक निमेष प्रधानले फिल्मलाई पूजाले साथ नदिएको आरोप लगाएका छन् । फिल्मको अघिल्लो डेट सार्ने देखि नयाँ गीत थप्नेमा समेत पूजाको सहभागिता रहेको बताउदै उनले प्रचारमा साथ नदिएको आरोप लगाए । फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको समयमा पूजा भने अष्ट्रेलिया उडेकी छिन् ।
आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको उनले गुनासो गरे । फिल्मका लागि पूजाले २० लाखको हाराहारीमा पारिश्रमिक बुझेकी थिइन् । तर, आकाश सँगको उनको सम्बन्धको कारण फिल्मको प्रचारमा उनले साथ दिइनन् । प्रदर्शनकै साता पनि उनी म्युजिक भिडियोमा छायांकनमा थिइन् । जबकि त्यो समयमा अन्य कलाकारहरू फिल्म प्रचारमा सक्रिय हुन्छन् ।
कलाकारले प्रचारप्रसारमा साथ नदिँदा निर्माताको यस्तो गुनासो पहिलो पटक चाहिँ होइन । तर , भने जति पारिश्रमिक दिएर पूजाकै आग्रहमा गीत थप्दा , डेट सार्दा समेत फिल्मको प्रचारमा भने जस्तो साथ नपाएपछि दार्जिलिङमा रहेर नेपाली फिल्म निर्माणमा सक्रियता बढाउन तयार निर्माण पक्ष निराश बनेका छन्। उनीहरू व्यावसायिकता फिल्मको व्यापार भन्दा पनि कलाकारले देखाएको व्यवहार प्रति असन्तुष्ट छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १६ : २३
लेखकबाट थप