विश्व वातावरण दिवसः भरतपुर २९ मा सरसफाई सम्बन्धी अभिमुखिकरण

सोमबार, २१ जेठ २०७५, १९ : ४३
विश्व वातावरण दिवसः भरतपुर २९ मा सरसफाई सम्बन्धी अभिमुखिकरण

चितवन । बिश्व वातावरण दिवसको अवसर पारेर भरतपुरमा आयोजना गरिएको बिभिन्न कार्यक्रम अन्तर्गत भरतपुर २९ मा आज (सोमबार) अभिमुखिकरण कार्यक्रम गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना तथा नेपाल मैत्री समाज,वे गु्रप,चितवन ग्रिन लायन्स तथा लियो क्लब र बेटर चितवनको समन्वयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल मैत्री समाज चितवनका अध्यक्ष बिरेन्द्र पौडेलले वातावरण सरसफाईका क्षेत्रमा भएका गतिविधी बारे जानकारी तथा सरसफाई सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले चर्पीको प्रयोग, सुरक्षित खानेपानी, साबुन पानीले हात धुने बानिको विकास, सुरक्षित खाना,सफा घर आँगन र वातावरणीय सरसफाईका बारेमा सहभागिलाई जानकारी गराउनुभयो । सरसफाईको अवस्था, राज्यको नीति नियम, विभिन्न सुचक सम्बन्धी सरसफाईका बारेमा उहाँले जानकारी दिनुभयो । भरतपुर २९ को नारायणगढ–मुग्लिन सडक क्षेत्रमा हुने फोहोरमैला हटाउने अभियानमा स्थानियको सक्रिय सहभागिता हुनुपर्नेमा पोडेलको जोड थियो । चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, सुरक्षित पानी, सुरक्षित खाना, सफा घर आँगन वातावरण सरसफाइका सूचक हुन् ।

कार्यक्रममा भरतपुर २९ का वडाध्यक्ष मन बहादुर मगरले अभिमुखिकरण कार्यक्रममा सिकेका कुरा व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । आफ्नो घर,समाजबाट सुरु गरेर महानगर सफा बनाउने अभियानमा लाग्नै सबैको सहयोग आबश्यक रहेको उहाँको भनाई छ । वडाले सरसफाई अभियानलाई गाँउ–गाउँसम्म अभियानका रुपमा संचालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सरसफाई अभियान्ता यमनाथ आचार्य,दुर्गा आचार्य,वे गु्रपका सरसफाई अभियान्ता भोजराज कंडेल,पत्रकार कृष्ण आचार्यले सरसफाई अभियानमा भएका आफ्ना अनुभव राख्नुभएको थियो । कार्यक्रमा वडाका १ सय २५ जना स्थानियको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसको कार्यक्रम अन्तगत सरसफाई कार्यक्रम,वृक्षारोप र विभिन्न अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भैसकेको छ । मंगलवार विहान भरतपुर महानगरपालिकाबाट सचेतनामूलक ¥याली निकालेर दिवसको कार्यक्रम समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस