सुरु भयो ‘हिरामण्डी’

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १३ : ४७
सुरु भयो ‘हिरामण्डी’

काठमाडौँ । मनीषा र सञ्जय झन्डै २५ वर्षपछि फिल्म ‘हिरामण्डी’ मा सहकार्य गर्दै छन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ ।

वेब सिरिज ‘हिरामण्डी’ को छायांकन सुरु भएको छ । वेब सिरिजको सुरुवात मनिषा र अदिती राव हैदरीको दृश्य खिच्दै सुरु गरिएको हो । वेब सिरिजकै लागि कत्थक नृत्यको प्रशिक्षण लिइरहेकी ऋचा चड्डा चाँडै सिजिमा जोडिनेछिन् ।सिरिजका लागि मुम्बईमा दुई विशाल र भव्य सेट बनाइएको छ । यसमध्ये एक सेटमा सिरिजको पहिलो सेड्युल खिचिनेछ । पहिलो दिन मनिषाले सिरिजको श्रीगणेश गरिन् । उनीसँगै अदितीले पनि सहभागिता जनाइन् । सुटिङको सुरुवात मुजरेबाट गरिएको छ । यो गीत हप्ता दिन लगाएर छायांकन गरिनेछ । त्यसपछि मात्र अन्य कलाकार सिरिजमा जोडिनेछन् । सञ्जय लीला भन्सालीको निर्देशन रहने सिरिजमा हुमा कुरैशीको पनि अभिनय छ । यो सिरिजबाट निर्देशक भन्साली ओटीटीमा डेब्यू गर्दै छन् ।

१८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेटफ्लिक्सले दुई  सय करोड भारु दिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भन्सालीले डिरेक्सन डिपार्टमेन्टकको लागि मात्र ६० करोड छुट्टाएका छन् ।  यसका साथै उनले कलाकारमा ४० करोड खर्च गर्न सक्ने अनुमान गरिएको छ । बाँकीको रकम छायांकन र पोष्ट प्रोडक्सनमा खर्च हुनेछ । उनले आफैँले सम्पूर्ण एपिसोड निर्देशन नगर्ने भएपछि नेटफ्लिक्सले २ सय करोडको मात्र बजेट पास गरेको बुझिएको छ ।

‘मैँले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन । खासमा मलाई गंगुवाई कठियावाडीपछि ब्रेक चाहिएको थियो । यद्यपि मैँले काम गर्ने तय भइसकेकोले गर्दा सुरु गर्दै छु’ उनले भनेका छन् । यसै गरी उनले यस सिरिजको हरेक एपिसोड इन्डिपेन्डेन्ट फिल्म मेकर्सको जस्तो हुने समेत बताएका छन् । यसको हरेक एपिसोडमा आत्मनिर्भर फिल्म मेकर्सको स्वाद पाउनु हुनेछ । ‘हामी चाहन्छौ कि यसका हरेक पात्रले जीवन पाउन हामी सानो भन्दा सानो क्यारेक्टरमा पनि जीवन भर्न चाहन्छौँ’ संजयले भने ।

उनले कुराकानीकै क्रम सिरिजमा आफैले संगीत दिने समेत बताएका छन् । १८ अभिनेत्रीको अभिनय रहने बताइएको सिरिजमा १९ औँ शताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने जनाइएको छ । यसमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी सहित १८ जना अभिनेत्री रहने छन् । पाकिस्तानको लाहोर हुँदै सिरिज मुम्बईमा आएर सकिनेछ ।

नेटफ्लिक्समा सार्वजनिक हुने यो सिरिज ८ भागको हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन् । पाकिस्तानको लाहोरमा रहेको यो ठाउँ वेश्याको अखडाको रूपमा चर्चित थियो । भन्सालीले भने यसलाई गीत संगीतको साधना गर्ने थलोको रूपमा प्रस्तुत गर्न लागेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस