काठमाडौं । मलयालम फिल्मका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् ।
केरला उच्च अदालतको आदेशपछि विजयबाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएको र त्यहीँ प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यममा खबर छ । २७ जुनमा हिरासतमा रहेका विजय बाबु ५ लाख धरौटीमा सर्तहरू सहित रिहा भएका छन् । केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिइसकेकाले उनलाई प्रहरीले रिहा गरेको हो ।
केही समय अगाडी सुरु भएको मीटू अभियान पश्चात् अहिले आफूले भोगेको यौन दुर्व्यवहारको विषयमा अभिनेत्रीहरू पनि खुलेर बोल्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १४ : ५२
लेखकबाट थप