काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको एक प्रमुख विशेषज्ञ ( १२ औँ) तहका लागि दुईजनाको नाम सिफारिस गरेको छ।मन्त्रालयको आज बसेको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाका लागि एक नम्बरमा डा. टंकप्रसाद बराकोटी र दुई नम्बरमा डा. संगीता मिश्रालाई सिफारिस गरेको हो।
एक नम्बरमा सिफारिस भएका डा. बराकोटी हाल १ नम्बर प्रदेशको मेची अस्पतालमा कार्यरत छन् भने डा. मिश्रा हाल मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छिन् । उनी हाल मन्त्रालयकी प्रवक्ता समेत हुन्।
गत माघमा १२ औँ तहका डा. भीमसिंह तिंकरीले उमेर हदका कारण अवकाश पाएपछि हाल उक्त पद खाली थियो।यही पदको बढुवाका लागि मन्त्रालयले गत ६ चैतमै बढुवाका लागि उम्मेदवारी दिन सूचना निकालेको थियो।
उम्मेदवारी परेकामध्ये डा. बराकोटी‚ डा. मिश्रा र डा. विकास देवकोटा छनोट सूचीमा परेका थिए। यी तीनमध्ये डा. बराकोटी र डा. मिश्रा बढुवाको लागि सिफारिस भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १३ : २३
लेखकबाट थप