काठमाडौं । बलिउडमा निर्देशक संजय लीला भन्सालीको आफ्नै शैली छ । उनले फिल्मलाई भव्य बनाउने गर्छन् । पछिल्लो समय पिरियड ड्रामामा आफ्नो बलियो उपस्थिति देखाइरहेका संजयले नयाँ प्रोजेक्टको तयारी थालेका छन् ।
उनले हिरामंडी नामक वेब सिरिजसँगै फिल्मको काम समेत अगाडी बढाएका छन् । पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म गरिरहेका भन्सालीले नयाँ प्रोजेक्टका लागि आदित्य रोय कपूर र कृति सेननलाई रोजेका छन् ।
पछिल्लो फिल्म ‘मिमी’ मा समेत अभिनयले दर्शकको मन जितेकी कृति भन्सालीसँग काम गर्न पाउँदा दङ्ग छिन् । सोसल ड्रामा जनरामा फिल्म बन्ने भनिएता पनि अझैँ कथावस्तु बारे प्रस्ट्याइएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १४ : ४०
लेखकबाट थप