ब्राण्ड एम्बासडर बने पुष्प

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १६ : २९
ब्राण्ड एम्बासडर बने पुष्प

काठमाडाैँ। नायक पुष्प खड्का फिटनेशनमा पनि खुबै ध्यान दिन्छन् । आज बौद्धमा एक वर्ष अगाडि स्थापना भएको एसआई फिटनेशको ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि मिडियाकर्मीसँग कुरा गर्दै पुष्पले भने–‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’को लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ ।’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताउने पुष्पले जिम गर्नुपर्ने कलाकारमा दयाहाङ राईलाई देख्छन् । नायक खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एसआई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस