काठमाडाैँ। केजीएफ सिरिज मार्फत अभिनेता यश स्टार बनिसकेका छन् । उनको स्टारडम साउथ इन्डियामा मात्र नभई नर्थमा पनि बढ्यो । केजीएफको च्याप्टर २ ले गरेको बिजनेस आफैँमा एउटा रेकर्ड हो । उनले आफूसँगै कन्नडा फिल्म उद्योगलाई पनि चिनाउन सफल भए । यसका कारण चलचित्रका निर्देशक प्रशान्त नील पनि हुन् । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने फ्यान केजीएफको तेस्रो च्याप्टरको प्रतीक्षामा छन् ।
फ्यानको प्रतीक्षालाई झनै बढाउन फिल्मका निर्माता मध्येका एक सदस्यले फिल्मको काम सुरु भएको सङ्केत गरेका छन् । इन्डिया टुडेको एक रिपोर्टमा ती निर्माताले फिल्मलाई सिक्वेल बनाउने वा प्रिक्वेल बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । ‘केजीएफ २ मा केही समय बढाइएको छ । झन्डै ५ वर्षको उक्त समयको कथा भन्न सकिनेछ । जहाँ यशले कसरी आफ्नो केजीएफ बनाए भन्ने देखाइने छ’ ती निर्माताले भने ।
पछिल्लो समय पूजाले ठूला स्टारहरुसँग काम गरिरहेकी छिन् । यद्यपि सफलता हात पाएकी छैनन् । पूजाले प्रभाससँग राधेश्याम, विजयसँग बिस्टमा काम नगरेकी होइनन् । यद्यपि दुवै फिल्म सफल हुन् सकेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १५ : ४६
लेखकबाट थप