काठमाडौँ । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ ओटीटीमा रिलिज भएको छ । हलमा राम्रो व्यापार गरेको फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा आएको हो । जुन १९ मा प्रदर्शन भएको फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।
फिल्मले राम्रो व्यापारसँगै ओटीटीमा पाएको प्रतिक्रियाले कार्तिक निकै उत्साहित छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव समेत साटिरहेका छन् । पछिल्लो समय कार्तिकले भगवानलाई विश्वास गर्ने बताएका थिए । ‘म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकि म जहाँ पुग्छु त्यो फिल गर्छु । त्यसैमा म पोजेटिभलाई एञ्जल र नेगेटिभलाई डेविल भन्ने गर्छु’ कार्तिकले भने । उनले आफूले भगवानमा विश्वासका साथै भरोसा गर्ने समेत जनाए ।
यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’ को सिक्वेल हो । उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १३ : ४९
लेखकबाट थप