काठमाडौँ । साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्म ‘प्रोजेक्ट के’ को काम रोकिएको खबरले केही समय यता चर्चा पायो । दीपिकाको स्वास्थ्यमा समस्या आएपछि फिल्मको छायांकन रोकिएको भन्ने खबर भाइरल झैँ भयो । प्रभास यतिबेला सलार, प्रोजेक्ट के र आदिपुरुषमा काम गरिरहेका छन् । दीपिकाको कारण छायांकन रोकिएपछि प्रभासलाई सेड्युल मिलाउन समस्या परिरहेको खबर एकपछि अर्को मिडियामा आएपछि निर्माण पक्षले बोलेका छन् ।
फिल्म निर्माता मध्येकी एकले दीपिकाको कारण केही समय मात्र फिल्मको काम रोकिएको बताएकी छिन् । ‘दिपिकाको ब्लडप्रेसर बढेपछि चेकअपका लागि अस्पताल गएकी हुन् । उनी फर्किसकेकी छिन् । उनी प्रोफेसनल कलाकार हुन् । उनको कारण केही घण्टा मात्र फिल्मको छायांकन रोकिएको हो । उनको कामको बारेमा गलत हल्ला नफैल्याउँ’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १३ : ०३
लेखकबाट थप