चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुला, यस्ता छन् मापदण्ड

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १३ : १८
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ।सार्वजनिक भएको आवेदनमा योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ।

विकास बोर्डको अध्यक्षमा इच्छुक व्यक्तिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। आवेदन अनुसार अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ।

यस्तै, आवेदकले स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको हुनुपर्नेछ।केही दिनअघि बोर्डका अध्यक्ष रहेका दयाराम दाहालको कार्यकाल सकिएको छ।
 

 

 

प्रतिक्रिया दिनुहोस