काठमाडौं । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि लगाउन कोभिड–१९ विरुद्धको खोप आइतबार आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आउन लागेको ८४ लाख डोजमध्ये पहिलो चरणमा आइतबार उक्त खोप आउन लागेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
सरकारले सो उमेर समूहका ३९ लाख बालबालिकालाई असार ९ गतेदेखि खोप दिन सुरु गर्ने भएको छ । पहिलो चरणमा २७ र दोस्रो चरणमा बाँकी जिल्लाका बालबालिकालाई खोप दिइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १३ : ४४
लेखकबाट थप