पत्रकार सम्मेलनमा जी–बबको प्रष्टीकरण : ‘पारिवारिक बन्देज स्वीकार्य हुदैन’

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, २१ : २९
पत्रकार सम्मेलनमा जी–बबको प्रष्टीकरण : ‘पारिवारिक बन्देज स्वीकार्य हुदैन’

काठमाडौं । पछिल्लो समय ¥यापर जी–बब उर्फ सुदीप भण्डारी र उनका आमाबुबाले एक–अर्काविरुद्ध दिएका उजुरीको निकै चर्चा छ । सोही विवादलाई लिएर जी–बबले पहिलो पटक पत्रकार सम्मेलन गरेर आफ्नो व्यक्तिगत र पारिवारिक विषयमा प्रस्टीकरण दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै जी–बबले आफू ठूलो भइसकेकाले पारिवारिक बन्देज स्वीकार्य नहुने बताएका छन् । उनले परिवारले नै पटक–पटक रिह्याब सेन्टरमा बस्न दबाब दिएको गुनासो गर्दै ¥याप ब्याटल आयोजक कम्पनी ‘अल नेपाल थग फेमिली’ (एएनटीएफ)लाई समेत बुबाआमाले विभिन्न आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘एएनटीएफले मलाई कब्जा गरेको भन्ने कुराहरू उहाँहरूले गर्नुभएको छ । त्यो गलत हो ।’ त्यस्तै उनले आफू ड्रग्स एडिक्ट भएको स्वीकार गर्दै सुरुमा आफ्नै इच्छाले रिह्याब सेन्टर गएको सुनाए ।

उनले भनेका छन्, ‘म नखाने, होइन डेन्जर खाने मान्छे हो । स्वास्थ्यमा समस्या आएको फिल भएपछि आफैँ रिह्याबमा पुगेर फर्म भरेको थिएँ ।’

जी–बबको उक्त पत्रकार सम्मेलनमा समर्पण समाज नामक रिह्याब सेन्टरका सञ्चालक टासी लामा पनि उपस्थित थिए । उनले जी–बबलाई अझै उपचार आवश्यक भएको बताए । पत्रकार सम्मेलनपछि जी–बब रिह्याब सेन्टर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस