चितवन । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
चितवनको कुरिनटारमा आयोजित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको गोताखोर तालिम समापन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।
‘सरकारले नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राखेको छ। शान्ति सुरक्षा र सीमाको रक्षा, विपदबाट बचाउनु प्राथमिकतामा छ। यो वर्ष गत वर्षभन्दा बढी वर्षा हुने आँकलन छ। त्यसबाट हुने क्षतिप्रति सबै सजग हुन आवश्यक छ।’
कार्यक्रममा बोल्दै उनले खाँणले नेपालमै योग्य गोताखोर हुनु खुसीको कुरा भएको बताए। यसअघि बंगलादेशबाट गोताखोर ल्याउनु पर्ने अवस्था रहेकोमा अब देशमै गोताखोर हुनु खुसीको कुरा भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलुन विस्फोट घटना: प्रजिअ पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक
कानून र नीतिगत सुधारलाई प्राथमिकता दिएर काम गरेका छौं : गृहमन्त्री लेखक
गृहमन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस कार्यालयमा दलित अधिकारकर्मीले गरे प्रदर्शन
पाथीभरा केबलकार विवादबारे कांग्रेस कोशीका १४ जिल्ला सभापतिसँग गृहमन्त्रीको छलफल
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन