काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४–१ को सहज जित निकालेको छ ।
होकाइदोस्थित सापोरो डोमे रंगशालामा जापानको प्रभावशाली जितमा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे ।
पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए । फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, २० : ०५
लेखकबाट थप