सुजिता भण्डारी मृत्यु प्रकरण : आरोपित सचिनले पाए सफाइ

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १४ : २३
सुजिता भण्डारी मृत्यु प्रकरण : आरोपित सचिनले पाए सफाइ

भरतपुर । राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारी मृत्यु प्रकरणमा थुनामा रहेका सुकदेव भण्डारी (सचिन)ले अभियोगबाट सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार सफाइ हुने फैसला सुनाएको हो ।

सुजिताको आत्महत्या दुरूत्साहन गरेको भन्दै मृतककी आमा अम्बिका भण्डारीले गत असार २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस