काठमाडौं । वाणिज्य बैंकहरुको उपस्थिति नभएका २७ स्थानीय तहहरुमा एन आई सी एशिया बैंकको शाखा पुगेको छ । राज्यको पुर्नसंरचनासँगै सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम बैंकले २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ ।
राष्ट्र बैंकले ३४ स्थानिय तह जहाँ बाणिज्य बैंकको शाखा पुगेको छैन ती स्थानमा जान बाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्ने उद्देश्यले बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आएको बैंकले जनाएको छ । बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भएको छ ।
प्रतिक्रिया दिनुहोस