काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ । घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ ।
नेपालले जिम्बाब्वे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।यस्तै, टी-२० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी-२० शृंखला खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चौथो खेलमा नेपाल २८ रनले पराजित