एससीसी पेस गर्ने भएपछि सांसदको चर्को विरोध

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १४ : ०९
एससीसी पेस गर्ने भएपछि सांसदको चर्को विरोध

काठमाडौं । एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्काे विरोध गरेका छन् ।

जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन् । 

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन् । 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए । उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए । 

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाए । सा‌सद दुर्गा पाैडेलले बाेलिरहेकी छन् । उनले पनि विराेध जनाइरहेकी छन् । 

प्रतिक्रिया दिनुहोस