चितवन । कृषी ,भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेबले अबको २ भित्र कृषि उत्पादमा आत्म निर्भर बन्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा पत्रकारसगँ संक्षिप्त कुराकानी गर्दै खनालले नेपालमा सम्भावना हुदाँ हुदै पनि आयत भएका कृषिजन्य वस्तुको आयत घटाउदै लौजाने गरी सरकारले काम अगाडी बढाई रहेको जानकारी दिनुभयो । दुध तथा माछा मासुको क्षत्रेमा आत्म निर्भर हुने प्रबल सम्भावना छ, उहाँले भन्नुभयो,“ गहँु ,अण्डा पनि आत्म निर्भर हुने गरि ठोस कदमहरु सरकारले चालेको छ । अब हामीले आयतको मात्र सामाना गर्नु पर्दैन् ।” विगतमा बनाईएका नीति तथा कार्यक्रमहरु अहिलेका लागि पनि प्राप्त नै रहेकाले २ नंं प्रदेशका ८ जिल्ला , ५ नं प्रदेशका ३ जिल्ला , ७ नं. प्रदेशका २ जिल्ला र १ नंं प्रदेशका २ जिल्लाहरुमा मात्र केन्द्रित गरेर ,सिँचाई र कृषीको राम्रो समायोजन गर्न मात्र सके देशमा प्रयाप्त उपादन गरेर खान पुग्ने, आत्म निर्भर बन्दै निर्यात गर्न सकिने जानकारी दिनुभयो ।
उहाँले सिचाईका लागि टुबेलहरु , पोखरीहरुलाई तथा अन्या पानीका स्रोतहरुलाई व्यवस्थापन गर्न सक्यौ भने प्रयाप्त सिँचाईको व्यावस्थापन गर्न सकिने उहाँको भनाई छ । प्लटिङका नाममा अहिले भईहेको खण्डीकरणलाई रोकि ,भू उपयोगी नीति मार्फत कृषि उत्पादक क्षेत्र तुरुतै उपायी क्षेत्रमा छुटाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता क्षेत्र पहिचान गरि २ बषर्मा कृषी क्षेत्रलाई छुटाउन सरकार लागि परेको जानकारी दिनुभयो । मन्त्री खनाले भुमि र कृषीको क्षेत्रमाको व्यावस्थापन गर्न नसके कृषीको भविष्य खतरामा रहको जिकिर गर्नुभयो ।
पुर्वी चितवनको कालिका नगरपालिका ६ का केरा किसानको ३ हजार बढी केराको बोट अज्ञात समुहले फडानी गरेको स्थलको अवलोकन गर्न चितवन आइपुग्नु भएका मन्त्री खनालले श्रमजिवि किसानले लगाएको केराको बोट यसरी कटानी गर्नु सुनियोजित भन्दा पनि दुर्घटना रहेको बताउनुभयो । यस विषयमा सरकारले सम्बोधन गरी यस्तो अवस्था आउन नदिन तर्फ सरकार लाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस