काठमाडौं । उपाधि दावेदार अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को सेमिफाइनलमा पुगेका छन् ।
आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्सले दक्षिण कोरियाको सामना गर्नेछ ।
आइतबार भएको खेलमा चीनले भियतनामलाई ३–१ अन्तरले हरायो । उपाधि दावेदार जापानले थाइल्याण्डविरुद्ध ७–० को सहज जित पायो । यता, उपाधि दावेदार अष्ट्रेलिया भने दक्षिण कोरियासँग अप्रत्यासित नतिजा व्होयर्दाै अन्तिम आठबाटै बाहिर रह्यो । अष्ट्रेलियालाई कोरियाले १–० ले पराजित गर्याे ।
यता, पहिलो पटक महिला फुटबलको एसिया कपको सेमिफाइनमा पुगेको फिलिपिन्सले चाइनिज ताईपेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्याे । अब सेमिफाइनल ३ फेब्रुअरीमा हुनेछ भने ६ फेब्रुअरीमा फाइनल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १३ : १०
लेखकबाट थप