सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिए काँग्रेसका दुई नेता, भ्रष्टाचार अभियोगमा पूर्वमन्त्री माथि पनि छानविन

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, ०९ : २५
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिए काँग्रेसका दुई नेता, भ्रष्टाचार अभियोगमा पूर्वमन्त्री माथि पनि छानविन

काठमाडौं । नेपाली कांग्रेसका दुई जना ठूला नेताहरूलाई  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गर्ने भएको छ । नेपाल मेडिकल कलेज, सिनामंगल र नोबल मेडिकल कलेज विराटनगरका मालिक समेत रहेका कांग्रेस नेता सुनिल शर्मालाई विभागले अनुसन्धानको दायरामा राखेको उच्च स्रोतले जनाएको छ ।

शर्माको सम्पत्तिका विषयलाई लिए विभिन्न समयमा सर्वसाधारणले प्रश्न उठाउँदै आएका छन् । कांग्रेसका नेता एवम् पर्यटन व्यवसायी राजेन्द्र बजगाइँ पनि विभागको निशानामा परेका छन् । स्रोतका अनुसार बजगाइँलाई सम्पत्ति शुद्धीकरण विभागले सूचीमा राखेर आन्तरिक अनुसन्धान र छानविन गरिरहेको छ । बजगाइँ कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार समेत बनेका छन् ।

उनको सम्पत्तिलाई लिएर बेलाबेला चर्चा हुने गरेकोा छ । गोरखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका बजगाइँ कांग्रेसको तर्फबाट प्रदेश सभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । सामान्य परिवारबाट पयर्टन व्यवसायमा हात हालेका बजगाइँको सम्पत्ति धेरै देखिए पछि विभागले आँखा लगाएको छ ।

विभागका अधिकारीहरुले कतिपय कुराहरू भन्न मिल्ने र नमिल्ने खालका हुनेभन्दै यसबारेमा आफूले तत्काल भन्न नसक्ने बताएका छन् ।  । यस विषयमा प्रतिक्रिया लिन शर्मा र बजगाइँसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।  यस्तै काँग्रेस नेता मोहन बहादुर बस्नेतसमेत विभागको छानबिन सूचीमा परेका छन् ।

उनीहरु जुनसुकै बेला पनि समातिने भएका छन् । उता कोरोनको सामान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस