बल प्रयोग गरेर ७ घण्टापछि पूर्व पश्चिम राजमार्ग खुलाइयो

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १९ : ५०
बल प्रयोग गरेर ७ घण्टापछि पूर्व पश्चिम राजमार्ग खुलाइयो


सिरहा । छुरा प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा स्थानीय बासिन्दाले अवरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग ७ घण्टापछि खुलेको छ।  प्रहरीले आइतबार गरेको सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध गरेका थिए। अपराह्न ४ बजे सडक अवरुद्ध खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए। 

शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने उनका साथी निकेश सदा गम्भीर घाइते छन्।  दोषीलाई कारबाहीको माग गर्दै दोश्रो दिन गरेको सडक अवरुद्ध खुलाउन प्रहरीले दिउँसो बल प्रयोग गरेको थियो। प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दै बन्द खुलाउन खोज्दा ढुंगामुढाबाट ९ जना प्रहरीसहित १० जना घाइते भएका छन्।

डिएसपी बुढाथोकीका अनुसार राजमार्ग खुलाउने क्रममा तनाव उत्पन्न हुँदा प्रहरीले ७ सेल अश्रु ग्यास समेत प्रहरीले प्रहार गरेका थिए।  छुरा प्रहार घटना विरुद्ध आइतबार बिहानैदेखि स्थानीयहरु राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए। 

प्रतिक्रिया दिनुहोस