काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने पहिलो खेल १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ । पहिलो चरणको खेलमा संकटासँग १–१ को बराबरी खेलेको शेर्पा दोस्रो चरणमा मनाङ मर्स्याङ्दि क्लबसँग १–० को नतिजामा पराजित भएको थियो ।
पहिलो चरणमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको पुलिसले दोस्रो खेलमा जावलाखेल माथि १–० को जित निकालेको थियो ।यस्तै, जावलाखेल पहिलो चरणमा मनाङसँग १–० को नतिजामा पराजित भएको थियो । दोस्रो चरणमा पुलिससँग १–० कै नतिजामा पराजित भएको जावलाखेल लिग तालिकामा अंकबिहिन छ ।
साविक विजेता मछिन्द्रले पहिलो चरणमा न्युरोड टिम माथि २–१ गोलको नतिजामा जित निकालेको थियो । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १२ : ३८
लेखकबाट थप