काठमाडौँ । नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतर समूहमा असन्तुष्टि बढेको छ ।
इतर पक्षका नेताहरु एक ठाउँ उभिएर संस्थापनविरुद्ध साझा उम्मेदवार तय गर्ने विषयमा पटक पटक प्रयास भएपनि पछिल्लो समय त्यो विफल हुँदै आएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको संस्थापन इतर समूहको केन्द्रीय सदस्यको बैठकमा शुक्रबार सोही समूहका प्रभावशाली मानिएका प्रकाशमान सिंह अनुपस्थित भएपछि संस्थापन इतर समूहभित्रको असन्तुष्टि प्रष्ट रुपमा बाहिर आएको हो ।
महामन्त्री शशांक कोइराललो सिंह व्यवस्तताका कारण बैठकमा नआएको प्रतिक्रिया दिए । सिंह पछिल्लो समय पौडेलसँग असन्तुष्ट छन् भने उनले पौडेल र देउवाबाटै पार्टी चल्न नसक्ने अभिव्यक्ति नै दिएका छन् ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २७ कार्तिक २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको १०० दिने अभियान पुनः सुरु
कोशीको दुई दलीय संयन्त्रले सरकारका मन्त्रीसँग बृहद् छलफल गर्ने
कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै
उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण
हवाई भाडादार घटाउन सरकारलाई आग्रह गर्ने कांग्रेसको निर्णय