बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयां बढी मूल्यको सामान बरामद गरेको छ । प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो ।
लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुईवटा जीपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ ।
यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान रहेको डीएसपी थापाले बताए ।
यस्तै विभिन्न ब्राण्डका जुत्ता, टिसर्ट लगायतका सामान पनि बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।
पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करीब साढे ५१ लाख मूल्यांकन गरेको छ । बरामद सामानसँगै जीप चालक सैनामैना- का ४० बर्षीय तुलसी थारु र सोही ठाउँका ४० बर्षिय मीनप्रसाद भण्डारी पनि पक्राउ परेका छन् ।
बरामद भएको सामान र पक्राउ परेका चालकसहित दुवैजनालाई थप अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ कार्तिक २०७८, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट भित्रिएको ९ लाखको सामान बरामद
कञ्चनपुरबाट करिब ५९ लाख मुल्यको सामान बरामद