काठमाडौं । दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै २० अर्बले घटेको छ ।
नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार कात्तिकको पहिलो साता कुल निक्षेप नै रू। १९ अर्ब ५२ करोडले घटेको छ । गत असोज मसान्तसम्म बैंकहरूसँग कुल ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । तर, कात्तिक ५ गतेसम्म आउँदा त्यो घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ । दशैंपछि बैंकहरूमा थप नयाँ निक्षेप नआएको देखिएको छ ।
दशैंअघि सर्वसाधारणले खर्चको जोहो गर्न बैंकबाट पैसा झिक्ने गर्छन् । दशैं सकिएपछि भने खर्च गरेर बाँकी रहेको पैसा, दक्षिणाबापत आएको पैसा बैंकमा नै जम्मा गर्ने गरिन्छ । यसै आधारमा दशैंपछि निक्षेप संकलन बढ्ने बैंकहरूको अपेक्षा थियो । तर, उल्टो भएको कुल निक्षेप नै घटेको छ ।
असोजयता बैंकहरूको निक्षेप उत्साहपूर्ण रूपमा नै बढेको थियो । तर, कात्तिकमा आएर त्यसमा ब्रेक लागेको छ । सरकारले खर्च नगर्दा असोजको पहिलो सातासम्म निक्षेप संकलन हुन सकेको थिएन । अहिले सरकारले खर्च गर्न शुरू गरेसँगै निक्षेप पनि बढ्न थालेको थियो । तर, कात्तिकमा आएर सरकारको खर्च पनि घटेको छ । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै
बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने
एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
आजदेखि दसैँका लागि नयाँ नोट सटही