काठमाडौं । मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिँदा स्थानीय होटल व्यवसायी पीडामा छन् ।
करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१ मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन् । लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन् ।
स्थानीय व्यवसायीका अनुसार बाँसबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताए । उनका अनुसार अब ती होटलहरु पुनःसञ्चालनमा आउन तिहारसम्म कुर्नुपर्नेछ । किनकि, तिहारताका मात्र इन्द्रसरोवरमा पानीको सतह घट्ने अनुमान छ ।
नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थापित ती होटलले सरोवर भरिएपछि हुन सक्ने दुर्घटनाको आशंकामा केही दिनअघि नै सामानहरु माथिल्लो क्षेत्रमा स्थानान्तरण गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २१ असोज २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलेखानीको गेट आंशिक खोलियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह