काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला एक महिनापछि सुनाउने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार मुद्दाको फैसला कात्तिक १५ मा सुनाउने आदेश गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूलाई मुद्दा नचलाई छोडेको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार, महान्यायाधिवक्ताको कार्यालयलगायत विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए।
अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अभियोगपत्रमा सर्वोच्चको विगत फैसलाको गलत व्याख्या गरी मुद्दा नलाग्ने निर्णय गरेको रिटमा दाबी गरिएको छ।
ललितानिवासभित्रको जग्गा व्यक्तिका नाममा लगेपछि बनेका जग्गाधनीमध्ये न्यायाधीश कुमार रेग्मी र एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेलको नामको जग्गा सरकारलाई दिन मन्जुर गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेन। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ असोज २०७८, ०६ : ४४
लेखकबाट थप