काठमाडौं । बलिउडका दुई स्टार ऋतिक रोशन र रणवीर कपुर ‘रामायण’ नामक फिल्ममा सँगै अभिनय गर्ने खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । ‘रामायण’ मा ऋतिकले रावण र रणवीरले रामको भूमिका निर्वाह गर्नेसमेत चर्चा चलेको छ ।
भारतीय मिडियाका अनुसार यही फिल्मको छलफलका लागि शनिबार ऋतिक र रणवीर निर्माता ज्याकी भागनानीको अफिस पुगेका थिए । त्यहाँ निर्माता भागनानीका साथमा निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रा र मधु मटेनी उपस्थित थिए । ऋतिक र रणवीरले फिल्मबारे निकै समय छलफल गरेका थिए ।
निर्माण पक्षले पौराणिक रामायणलाई नै नयाँ ढंगबाट पर्दामा उतार्न लागिएको जानकारी दिएको छ । निर्माताले सुरुमा यो फिल्म तीन सय करोड भारुमा बनाउने अनुमान गरेको थियो । तर, अब उक्त बजेटमा फिल्म पूरा गर्न नसक्ने देखिएकाले अन्य निर्मातासँग समेत सहकार्य गरेर फिल्म बनाउने योजना बुनिएको छ । फिल्ममा सीताको भूमिका कसले निर्वाह गर्ला ?अहिले यसबारे चर्चा सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ असोज २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलिवुड फिल्म रामायणको तयारी तिब्र, दुई भागमा बन्ने
आरआरआर र आदिपुरुषभन्दा महँगो छ नितेश तिवारीको फिल्म ‘रामायण’
‘रामायण’का लागि शाकाहारी बने रणवीर