चीनमा एमबीबीएस गरेका विद्यार्थीहरु इन्टर्नसीपको माग गर्दै सडकमा

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, १३ : १३
चीनमा एमबीबीएस गरेका विद्यार्थीहरु इन्टर्नसीपको माग गर्दै सडकमा

काठमाडौं । चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्‍दै माइतीघरमा प्रदर्शन गरेका छन् ।चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शन उत्रिनु परेको उनीहरुले गुनासो गरेका छन् ।

उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १-२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

यसका साथै उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ समेत प्लेकार्डमा लेखेर ध्यानाकर्षण गराएका छन् ।उक्त ३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ ।’ उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस